काठमाण्डौ उपत्यकाको निषेधाज्ञा खुकुलो : निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली, बारअनुसार पसल खोल्न पाइने

६ असार, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् । थपिएको निषेधाज्ञा अवधिमा बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।

यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटको विजोर बार चल्न दिने निर्णय गरेको हो। उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

[sidebar name="button post"]