उपत्यकामा निषेधाज्ञा खुकुलो : कुन बार कुन पसल खुल्छन् ?

६ असार, काठमाण्डौ। कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।

आइतबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा थप खुकुलो गर्दै एक साता थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पनि पाइनेछ ।

आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा,अटोमोबाइल, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन्।

त्यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

त्यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ भने निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।

सरकारी कार्यालय आलो-पालो गरी खुला गर्नुपर्ने निर्णय भएको छ।

[sidebar name="button post"]