काठमाण्डौ उपत्यकामा थपिए ५४८ जना कोरोना संक्रमित

६ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौका ४५०, ललितपुरका ५३ तथा भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै गएको २४ घण्टामा देशभर २ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् भने ५१ जनाको मृत्यु भएको छ।

[sidebar name="button post"]