थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ जनाको मृत्यु

६ असार, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी हालसम्म ८७१ जनाको आईसीयु तथा २५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

[sidebar name="button post"]