खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव फेला

२ असार, गोरखा। ठोटनेरी खोलाले बगाएर मंगलबार बेपत्ता भएका गोविन्द चौधरीको शव आज भेटिएको छ । आरुघाट गाउँपालिका–२ ढोडेनीस्थित ठोटनेरी तर्ने क्रममा बेपत्ता भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ का चौधरीको शव मान्द्रेथोकमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बगाएको स्थानदेखि करीब दुई किलोमिटर तल खोलामा ढुङ्गाका चेपुवामा शव फेला परेको बताउनुभयो ।

[sidebar name="button post"]