आजको मौसम पूर्वानुमान : देशभर मनसुन सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना

१ असार, काठमाण्डौ। मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरू भएको छ । देशभर मनसुन सक्रिय हुँदा बदली तथा वर्षाको अवस्था जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । त्यस्तै देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

[sidebar name="button post"]