३१ जेष्ठ, एजेन्सी। स्टार खेलाडी नेइमारको उत्कृष्ट प्रदर्शनमा आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ ।
समूह बी अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० ले पराजित गरेको हो ।
घरेलु टोली ब्राजिलको जितमा २३ औँ मिनेटमा मार्क्वीन्होसले गोल गरि सुरुवाति अग्रता दिलाए । ६४ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गरि टिमको अग्रता दोब्बर पारे । ८९ औँ मिनेटमा नेइमारको सहयोगमा गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो ।
जितसँगै समूह ‘बी’ मा रहेको ब्राजिल ३ अंकसहित समूहको शीर्ष स्थानमा छ । समूह बी मा कोलम्बिया, इक्वेडर र पेरु पनि छन् ।
[sidebar name="button post"]











