३० जेष्ठ, काठमाण्डौ। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ५२८ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरिएको छ ।
पछिल्लो २४ घण्टामा उनीहरूलाई कारबाही गरी रु ५३ हजार ४०० जरिवाना गरिएको प्रहरीले जानकारी दिएको छ । आज चार हजार ३१७ जनालाई सचेत गराई छाडिएको छ ।
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ९६८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ ।
[sidebar name="button post"]











