थप २४०७ जनामा कोरोना पुष्टि, ४६ जनाको मृत्यु

३० जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।त्यस्तै थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]