अझ खुकुलो गर्दै उपत्यकामा निषेधाज्ञा एक साता थप

३० जेष्ठ, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो।

काठमाण्डौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बसेको थियो । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेष्ठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

बैठकले अनलाइन डेलिभरी गर्न दिइने,तरकारी तथा खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत निर्णय गरेको छ।

[sidebar name="button post"]