३० जेष्ठ, काठमाण्डौ। सेयर कारोबार मापक नेप्से परिसूचक तीन हजार नजिक नजिक पुगेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।
नेप्से परिसूचकसँगैै कारोबार रकममा समेत उल्लास देखिएको छ । ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार रकम १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको छ ।
[sidebar name="button post"]











