२९ जेष्ठ, काठमाण्डौ। प्रदेशसभामा विश्वासको मत पाउन नसकेका पदमुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन्।
उनले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन् । जसपा र जनमोर्चाको समर्थनमा दाबी पेश गरिएको गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए ।
यसअघि शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
[sidebar name="button post"]











