Ad #144479

२८ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाण्डौ जिल्लाका ९२१, ललितपुरका १६३ तथा भक्तपुरका ५६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन्।