Ad #144479

२८ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ५२२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ ।