२८ जेष्ठ, काठमाण्डौ। सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली भने उपस्थित नहुने भएका छन् । बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
सभामुखका प्रेस सहयोगी श्रीधर न्यौपानेका अनुसार बैठकमा उपस्थितिका लागि सबै दलका शीर्ष नेताका साथै पूर्वप्रधानमन्त्रीलाई समेत पत्रचार गरिएको थियो ।
सभामुख सापकोटा प्रतिनिधि सभा विघटन गर्ने सरकारको कार्य असंवैधानिक रहेको बताउँदै आएका छन् ।












