Ad #144479

२५ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाण्डौका ८३६, ललितपुरका २६९ तथा भक्तपुरका १२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभर ८२ हजार ७३६ सक्रिय संक्रमित रहेका छन्।