उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै, औपचारिक निर्णय भोलि

१८ जेष्ठ, काठमाण्डौ। उपत्यकामा जारी निषेधाज्ञा थप फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो । साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको छ ।

मंगलबार अपराह्न बसेको काठमाण्डौ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ । अघिल्लो साता बन्द गरिएका खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने पनि भनेको छ।

औपचारिक निर्णय भने बुधबार बिहान बस्ने बैठकपछि मात्र निर्णय हुने उनको भनाइ छ। कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको एक महीना पूरा भइसकेको छ ।

[sidebar name="button post"]