थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ जनाको मृत्यु

११ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

 

[sidebar name="button post"]