आज जेष्ठ ९ गते आइतबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि.सं.२०७८ साल जेष्ठ ०९ गते आइतबार । तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईं आफ्नै पक्षमा हुनेछन् । पढाईलेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईंको नाम आउने तथा विजयको योग रहेकोछ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

सन्तानको प्रगती देखेर मन रमाउनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी वबस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईको आलोचना हुनेछ । अरुलाई दिएको बचन पुरा गर्न नसक्दा व्यार्थै दुख पाईनेछ । नया काम गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेकोछ । धन तथा सम्पत्ति अरुले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नया ज्ञान तथा प्रविधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । मायाप्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चडाब आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मायाप्रेममा धोका हुनेछ भने जीवन साथिसँग मनमुटाब बढ्नेछ । पढाईलेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । बिदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ मने स्वादेशी सामानको व्यापारमा मन्दि आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

बैंक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

पढाईलेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गित संगित तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्नेछ । पढाईलेखाई तथा खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट बिशेष सामान तथा उपहार प्राप्त हुने योग रहेकोछ । मायाप्रेममा नजिक भई रमाउने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारीसाधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समय देखिको मायाप्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाईलेखाईमा समय दिए पनि भनेजस्तो उपलब्धी हासिल नहुन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।

[sidebar name="button post"]