४ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको दर ७४.६ प्रतिशत छ। अहिलेसम्म ३ लाख ५२ हजार ४१४ जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांक छ। आज नेपालमा ८ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
हाल देशभर १ लाख १४ हजार ५२९ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।












