Ad #144479

१ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१८ हजार ५४८ जनाको परीक्षण गर्दा ८१६७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।

हालसम्म ३ लाख ३३ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५४५५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै कुल मृतकको संख्या ४८५६ पुगेको छ ।