३१ वैशाख, काठमाण्डौ। प्रधामन्त्री केपी ओलीले पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। ओलीले उपप्रधानमन्त्रीमा साविकै ईश्वर पोखरेललाई राष्ट्रपतिबाट शपथ गराएका छन्।
त्यस्तै मन्त्रीहरुमा रामबहादुर थापा बादल, विष्णु पौडेल, प्रदिप ज्ञवाली, हृदेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ, लिलानाथ श्रेष्ठ, पार्वत गुरुङलाई जिम्मेवारी दिएका छन्। त्यस्तै राज्यमन्त्रीहरुमा पुरानै रामविर मान्धनर, नवराज रावत र विमला विकलाई बनाएका छन्।
प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको सहभागीता छ ।
भण्डारीले संविधानको धारा ७६ ९३० बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । विपक्षीले बहुमतको सरकार बनाउन नसकेपछि ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हिसाबले प्रधानमन्त्री बनेका हुन् ।









