प्रधानमन्त्री दाबी गर्न कोही आएनन् : राष्ट्रपति कार्यालय

३० वैशाख, काठमाण्डौ। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिएको छ । सो समयभित्र कुनै पनि दलले प्रधानमन्त्री पदमा नियुक्तिका लागि दावी पेश नगरेको हुँदा ओली फेरि प्रधानमन्त्री पदमा नियुक्त हुने भएका छन्

अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबै भन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

गत सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि राष्ट्रपतिबाट आज राति ९ बजेसम्मको समय दिएर संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि आह्वान भएको थियो ।

[sidebar name="button post"]