Ad #144479

३० वैशाख , काठमाण्डौ। सरकारले जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने मेडिकल अक्सिजनको व्यवस्थाका लगि अस्पतालमा नै १५ दिनभित्र प्लान्ट जडान गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार महामारीका समयमा अक्सिजन जस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा असर पर्न नदिन कम्तीमा सय शय्या भएका सम्पूर्ण निजी अस्पतालले आजको मितिले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी जानकारी गराउन अनुरोध गरिएको छ ।

यही वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार अक्सिजन प्लान्ट निर्माण गर्ने सामग्रीमा भन्सार छुट दिने निर्णय भएको छ । मेडिकल अक्सिजनको माग बढेको तथा आपूर्ति प्रक्रिया दिनानुदिन जटिल बन्दै गएका अवस्थामा मन्त्रालयका तर्फबाट यस्तो आग्रह गरिएको सहप्रवक्ता अधिकारीको भनाइ छ ।