३० वैशाख, मकवानपुर। जिल्लामा आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले कोरोना सङ्क्रमणदर वृद्धि हुँदै गएपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यस अघि जिल्लामा यही वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । उहाँले कोरोना सङ्क्रमण दर तथा मृत्यु समेत वृद्धि भइरहेकाले सङ्क्रमण थप फैलिन नदिन र नागरिकलाई सुरक्षित राख्न निषेधाज्ञाको अवधि लम्ब्याएको जानकारी दिनुभयो ।
[sidebar name="button post"]









