३० वैशाख, काठमाण्डौ। नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । हिजो पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ३०० रुपैयाँले मूल्य घटेको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । हिजोभन्दा तोलामा १० रुपैयाँ घटेको चाँदी आज प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]









