नेपाल विश्वमै संक्रमण फैलिने दरमा दोस्रो

काठमाडौँ — भारतको तुलनामा नेपालमा कोभिड–१९ को लहर बढी खतरनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिए छ ।

एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो । अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ । हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ ।

भारतको दाँजोमा तुलनात्मक रूपमा नेपालमा दैनिक संक्रमितको संख्यासमेत उल्लेख्य रूपमा बढी छ । यो साता ५१ प्रतिशतले संक्रमितको संख्यामा वृद्घि देखिएको छ, जुन विश्वमै संक्रमण दरको हिसाबले दोस्रो हो । दैनिक नयाँ कोभिड संक्रमितको संख्या प्रति १० लाख जनसंख्यामा भारतमा २४० छ भने नेपालमा ३०४ ।’

दैनिक कोभिडले हुने मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा नेपालमा ३.३ छ भने भारतमा २.५ छ । हाल प्रति १० लाख जनसंख्यामा नेपालमा पोजिटिभ देखिने दर ४५.१ प्रतिशत छ भने भारतमा मात्र २२.६ प्रतिशत छ ।
दैनिक संक्रमण दरमा नेपाल विश्वमा १५ औं स्थानमा देखिएको छ भने भारत २१ औं स्थानमा छ ।

[sidebar name="button post"]