सेयर बजारमा लगानी गर्दा कसरी लगानी गर्ने, लगानी गर्दा के कस्ता पक्षलाई विशेष ध्यान दिने ?

पुँजी बजारमा लगानी गर्ने चाहना भएका तर कसरी लगानी गर्ने, लगानी गर्दा के कस्ता पक्षलाई विशेष ध्यान दिने भन्नेमा अझै पनि धेरैलाई जानकारी छैन ।

यसले गर्दा लगानीकर्ताले पुँजी बजारबाट सोचे अनुरुपको नाफा कमाउन सक्दैनन् । लगानीकर्ताले लामो समय लगानी गर्ने । लगानी जति बढी समयको लागि गर्यो जोखिम व्यवस्थापन गर्न पनि त्यति नै सहज हुन्छ ।

सकेसम्म न्यून मूल्य–आम्दानी अनुपात (पीई रेसियो) भएका सेयरलाई प्राथमिकता दिने । देशको राजनीतिक अवस्था तथा सरकारको स्थिरता सम्बन्धमा सधैं सचेत भई लगानी गर्ने ।

सेयर खरिद तथा बिक्रीको उपयुक्त समय पत्ता लगाउने र सोही अनुसार योजना बनाउने गर्नुपर्छ। लगानी गर्दा अपेक्षित प्रतिफल अनुमान गर्न सक्नुपर्छ । यसरी अपेक्षा वा अनुमान गरिएको प्रतिफल प्राप्त हुने बित्तिकै सेयर बिक्री गर्ने, असीमित प्रतिफलको अपेक्षा नगर्ने ।

सुसूचित, संयमित तथा विवेकशील भई जोखिम वहन गर्ने क्षमता अनुसार लगानी गर्ने । दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको लाभांश घोषणा, हकप्रद सेयर घोषणा, कम्पनी व्यवस्थापनमा परिवर्तन लगायतका महत्वपूर्ण पक्षमा ख्याल गर्ने ।

सार्वजनिक रुपमा निष्कासन गरिने सेयरमा लगानी गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति, लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङको स्तर जस्ता महत्वपूर्ण पक्षहरुको पनि अध्ययन तथा विश्लेषण गर्नुपर्छ ।

इन्डस्ट्री विश्लेषण गर्ने, तरतला, ब्याजदरमा ख्लाल गर्ने । सूचीकृत कम्पनीको वित्तीय विवरण, सञ्चालक तथा व्यवस्थापन पक्ष, कम्पनीको भावी योजना लगायतमा ध्यान दिने ।

लगानी सम्बन्धमा भरपर्दो सूचना तथा जानकारीका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस, राष्ट्र बैंक र अर्थ मन्त्रालय लगायत सरोकारवाला निकायको वेबसाइट नियमित रुपमा हेर्ने गर्नुपर्छ ।

[sidebar name="button post"]