२९ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाण्डौमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा संक्रमण देखिएको छ भने १६८ जनाको मृत्यु भएको छ।
[sidebar name="button post"]









