साताको दोस्रो दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२७ वैशाख, काठमाण्डौ। नेपाली बजारमा आज छापावाल सुनको मूल्‍य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्‍य ९२ हजार पुगेको हो। आइतबार सुनको मूल्‍य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ५१ हजार पँच सय रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । आइतरबार चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ थियो ।

[sidebar name="button post"]