उपत्यकामा जेठ १० सम्म निषेधाज्ञा थप्ने तयारी

२७ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी गरिएको छ । सोमवार बसेको बैठकले १५ दिन निषेधाज्ञा थप गर्ने सिफारिस गरेको हो।

निषेधाज्ञा थप्नेबारे काठमाण्डौ , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको छ ।

कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ ।

[sidebar name="button post"]