ओलीलाई नेपाल समूहले दियो सोमबार ९ बजेसम्मको अल्टिमेटम

२६ वैशाख, काठमाण्डौ। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफुहरु पार्टी एकता र सहमतिको प्रयासमा रहेको भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्णय सच्याउन थप १३ घण्टाको समयसीमा दिएको छ ।

आज सिंहदरवारमा बसको बैठकमा पार्टी अध्यक्ष ओलीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन प्रतिबद्धता जनाउन भोली बिहान ९ बजेसम्म कुर्ने निर्णय गरेको हो ।

पार्टीलाई २०७५ जेठ २ मा फर्कने र आगामी दिनमा सहमति साथ अघि बढ्ने ओलीले प्रतिबद्दता जनाउनुपर्ने नभए, भोलि कठोर निर्णय लिने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।

भोली बिहानसम्म ओलीले २०७५ जेठ २ को अवस्थामा फर्कने निर्णय नगरे सामूहिक राजीनामा बुझाउने तयारी नेपाल पक्षका सांसदहरुको रहेको छ ।

[sidebar name="button post"]