२५ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।












