२४ वैशाख, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबारको मौसममा सामान्यतया बदली रहने जनाएको छ।
पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका केही स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरी र असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।शुक्रबार राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।
त्यस्तै आज बेलुका र राति प्रदेश एक, दुई तथा बाँकी प्रदेशका पहाडी ठाउँमा मौसम सामान्यदेखि पूर्ण बद्ली हुने र अरु ठाउँमा आंशिक बद्ली रहने महाशाखाले जनाएको छ ।












