२२ वैशाख, काठमाण्डौ। लुम्बिनी प्रदेशको अन्य समूहका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आगामी जेठ १७ गते हुने भएको छ ।
सो समूहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि सरकारको निर्णयानुसार सो दिन बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ ।
उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत भएको भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।दाङ जिल्लाको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले निर्णय गरेको छ ।
[sidebar name="button post"]









