Ad #144479

२२ वैशाख, काठमाण्डौ। नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको जानकारी संसद सचिवालयलाई गराएको छ। माओवादी केन्द्रका नेताहरूले संसद सचिवालय पुगेर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।

यसअघि नै सरकारबाट बाहिरिएको माओवादीले समर्थन भने कायमै राखेको थियो । यसअघि मंगलबार ‘हिजो’ बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

माओवादीका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् । योसँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।