उपत्यकामा भोलिदेखि निषेधाज्ञामा थप कडाइ गरिने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको हो।

शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको टोली निस्केको थियो। बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने लागिएको हो।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको छ।

काेराेनाकाे उच्च संक्रमण राेक्नका लागि निषेधाज्ञा जारी गरिएकाे हाे।

[sidebar name="button post"]