१८ वैशाख, काठमाण्डौ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको छ।
सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीले सुरक्षा चेकजाँचलाई कडा पारेका छन् । निषेधाज्ञाको कार्यान्वयनका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।
बिहीबारदेखि लागु निषेधाज्ञा एकसातासम्म जारी रहनेछ । काेराेनाकाे उच्च संक्रमण राेक्नका लागि निषेधाज्ञा जारी गरिएकाे हाे।
तस्बिर: सरोज कार्की













