१६ वैशाख, काठमाण्डौ। स्वास्थ्य सेवा विभागले काठमाण्डौ जिल्लामा कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप लगाउने कार्य स्थगित भएको छ । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते विहीबारदेखि स्थगित गर्ने निर्णय गरेको हो ।
वैशाख १६ गते पनि सो खोप काठमाण्डौमा निरन्तर सन्चालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको विभागले जनाएको छ ।
दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।
भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो ।

[sidebar name="button post"]









