संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा पनि भोलिदेखि निषेधाज्ञा लगाइने

१५ वैशाख, चितवन। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले वैशाख १६ गते भोली रातीदेखि वैशाख ३१ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

चितवनमा कोरोना ९कोभिड १९० संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय छ । जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णयहरु पछि गरिने संकट ब्यवस्थापन समितिले जनाएको छ ।

चितवनमा आजसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् ।

यस्तै रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका दुईजना, राप्ती, कालिका र इच्छाकामनाका एकरएक जना संक्रमित थपिएका छन् ।

[sidebar name="button post"]