गोकर्णेश्वर नगरपालिकामा अर्का सूचना नआउँदा सम्मको लागि कक्षा ८ को परीक्षा स्थगित

१४ वैशाख, काठमाण्डौ। काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले वैशाख १६ गतेदेखि सञ्चालन गर्ने भनिएको आधारभूत तह (कक्षा ८) उतिर्ण परीक्षा तत्कालका लागि स्थगित भएको छ ।

नगरपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै अर्का सूचना नआउँदा सम्मको लागि परीक्षा स्थगित भएको जानकारी दिएको हो ।

परीक्षा सञ्चालन गर्ने भनिएकै दिनदेखि काठमाण्डौ जिल्ला प्रशासनले निषेधाज्ञा गर्ने भएपछि स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

[sidebar name="button post"]