१३ वैशाख, महेन्द्रनगर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले आजदेखि महेन्द्रनगरमा मास्क बिना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ ।
पहिलो दिन आज बजार क्षेत्रमा मास्क बिना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ । कारबाहीस्वरुप उनीहरुबाट रु एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?”, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना संक्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।
शुरुमा प्रहरीले ८०÷९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ ।
[sidebar name="button post"]









