अब उपत्यकाका तीनवटै जिल्लामा विवाह र ब्रतबन्ध गर्न प्रशासनको अनुमति चाहिने

१३ वैशाख, काठमाण्डौ।अब काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा विवाह र ब्रतबन्ध गर्न जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिने भएको छ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेध आदेश जारी गर्दै विवाह र ब्रतबन्धमा बढीमा १५ जना सहभागी हुन पाइने तर त्यसका लागि जिल्ला प्रशासनको अनुमति चाहिने व्यवस्था गरेको हो।

वैशाख १६ गतेदेखि एक सातासम्म लागू हुने यो व्यवस्था उल्लंघन गरे कानुन अनुसार कारबाही हुनेसमेत काठमाण्डौ जिल्ला प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ।

बिहीबारदेखि लागू हुने गरी मंगलबार जारी गरिएको आदेशमा अत्यावश्यक सेवाहरू भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ।

[sidebar name="button post"]