१३ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन र आइसोलेसनमा बस्नुपर्ने भएको छ ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुद्वारा सोमबार आदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइनमा र होम आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ ।
उपत्यका प्रवेश गर्नेहरुका लागि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गर्ने छ ।
[sidebar name="button post"]









