आजको मौसम दिनभर कहाँ कस्तो रहला ?

१३ वैशाख, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही अरु स्थानको मौसम सोमबार सामान्यतया सफा रहने जनाएको छ । स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली हुने देखिएको हो ।

अहिले उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

यस्तै राति प्रदेश १, प्रदेश २ लगायतका देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

[sidebar name="button post"]