आजदेखि उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

१३ वैशाख, काठमाण्डौ। उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ।आइतबार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोरोना संक्रमणको दर बढ्दै गएकाले अत्यावश्यक बाहेकका सेवा आजदेखि एक साता बन्द गर्ने निर्णय गरेको हो।

बैठकले शान्ति-सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिस मात्र सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यस्तै नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचय पत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता तथा नवीकरण, संघ-संस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द हुने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

[sidebar name="button post"]