नेपाललाई ट्रान्जिट बनाएर आउने कुनै पनि विदेशी नागरिकको पिसिआर परीक्षण नगर्न मन्त्रालयको निर्देशन

१२ वैशाख, काठमाण्डौ। नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरूलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिचयपत्र बिना पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरूलाई कारबाही गर्ने भएको छ । नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै पीसीआर परीक्षण गर्न पनि प्रयोगशालालाई मन्त्रालयले आग्रह गरेको छ ।

कोभिड-१९ को परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड १९ को परिक्षणको व्यवस्था गर्दा नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परिक्षण गर्ने व्यवस्था गरिदिन मन्त्रालयले अनुरोध गरेको छ ।

[sidebar name="button post"]