११ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।
[sidebar name="button post"]









