११ वैशाख, काठमाण्डौ। ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।
कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो ।
जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । डच टोलीलाई तीन अंकको स्कोर समेत बनाउन नदिने क्रममा नेपालले यस सिरिजकै उत्कृष्ट प्रदर्शन गर्यो ।
टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो सबैभन्दा फराकिलो जित हो। यसअघि नेपालले भुटानलाई १४१ रनले हराएको थियो।सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी थिए।
[sidebar name="button post"]









