कोरोना संक्रमित पूर्वराजदम्पति अस्पताल भर्ना

११ वैशाख, काठमाण्डौ। कोरोना संक्रमणबाट पीडित पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

उहाँहरु आज(शनिवार) दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना भएको सो अस्पतालले जनाएको छ । केही दिनअघि राजदम्पतिमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।

वैशाख ७ गते पूर्वराजा दम्पतिमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।

[sidebar name="button post"]